भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक समितिबाट पारित

लोकपथ
175
Shares

काठमाडौं । संसदीय समितिले भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकले भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको हो । 

त्यसअघि समितिमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदन उपर छलफल भई पारित गरिएको थियो । समितिको बैठकको निर्णय सुनाउँदै समिति सभापति सन्तोष चालिसेले समितिले भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको जानकारी दिए । उनले अब प्रतिनिधि सभामा पेस गर्नका लागि सभामुखसमक्ष आग्रह गर्ने निर्णय भएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?