भक्तपुर । भक्तपुरमा कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मध्यपुर थिमी नगरपालिका-६ बस्ने ३२ वर्षीय लक्ष्मण खड्कालाई कुटपिट गरी हत्या गरेको आरोपमा सर्लाही, लालबन्दी नगरपालिका-९ का ३९ वर्षीय यादब पौडेल र सिन्धुली, तीनपाटन गाउँपालिका-३ चकमकेका २४ वर्षीय अनिश तामाङ पक्राउ परेका हुन् ।
फागुन २७ गते बिहान मध्यपुर थिमी नगरपालिका-२, सानोठिमी मगरगाउँ जाने सडकछेउमा खड्का अचेत अवस्थामा फेला परेका थिए । उनलाई तत्काल राष्ट्रिय ट्रमा सेन्टर पुर्याइए पनि उपचारका क्रममा मृत्यु भएको थियो ।
घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले संलग्न दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पश्चात प्रहरीले कर्तव्य ज्यान मुद्दामा भक्तपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया