कुलमान प्रकरणबारे आज विपक्षी दलले सदनमा अवरोध गर्ने

लोकपथ
623
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरुको बैठक सकिएको छ ।

आज बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकले विभिन्न एजेण्डामाथि छलफल गरेको थियो ।

विपक्षी दलको बैठकमा सरकारका पछिल्ला गतिविधिबारे छलफल भएको र सडकदेखि सदनसम्म त्यसको व्यापक अवरोध गर्ने निष्कर्ष निस्किएको विपक्षी दल रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

‘सरकारले गएको सोमबारको क्याबिनेटबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निकाल्ने जुन षडयन्त्र गर्यो, नगर्नुपर्ने काम गर्यो त्यसको विरुद्धमा आज सदनमा कसरी प्रस्तुत हुन्छौँ भन्ने विषयमा आज छलफल भयो,’ उनले भने, ‘यो सरकारले सुरुवातदेखि नै सर्वसत्तावाद गर्ने काम गरेको छ रहेक निर्णयमा । संख्याका दम्भमा विधि विधान भन्दा बाहिर गएर गर्नेगरेको सबैभन्दा ठूलो घटना कुलमान घिसिङमाथि भयो आज हामी सदनमा यसको सशक्त प्रतिरोध गर्दछौँ । सडकमा पनि यसको विरोधहरु हुन थालेका छन्, हामी सरकारलाई सच्चिनका लागि आग्रह गर्दछौ ।’

त्यस्तै अन्य समसमायिक विषयमा समेत छलफल भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?