काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २०० रुपैयाँ बढेको हो ।
महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ७३ हजार तीन सय रूपैयाँमा रूपैयाँमा कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि सामान्य बढेको छ । मंगलबार तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको चाँदी बुधबार बढेर तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया