प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै प्रतिपक्षीको विरोध

लोकपथ
658
Shares

काठमाडौं । प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुले विरोध जनाएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै उठेर विरोध जनाएका हुन् । आज विपक्षी दलहरुले बैठक नै बसेर प्रतिनिधिसभामा विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोविरुद्ध विरोध गर्ने निर्णय गरेका थिए ।

आजको बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतले विरोध जनाएका हुन् ।

विपक्षी दलका तर्फबाट बोल्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले सरकारको गलत रवैयाको कारण आफूहरुले विरोध गर्नुपरेको स्पष्ट पारे । साथै कुलमानलाई हटाइएको प्रकरणबारे सरकारले जवाफ नदिएसम्म आफूहरुले विरोधलाई कायम राख्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?