विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित

लोकपथ
203
Shares

काठमाडौं । विपक्षी दलहरुको अवरोधपछि प्रतिनिधि सभाको बैठक आधा घण्टाको लागि स्थगित भएको छ ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएपछि विपक्षी दलहरुले सरकारको जवाफ माग गर्दै बैठकमा अवरोध सिर्जना गरेका थिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाउने निर्णय गरेको थियो ।

त्यसको विरोधमा आज प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित विपक्षी दलहरुले बैठक नै बसेर सरकारको जवाफ माग गर्ने र संसद्मा अवरोध खडा गर्ने निर्णय भएको थियो ।

आजको बैठक सुरु हुने बित्तिकै विपक्षी दलहरुले उठेर सरकारको विरोध गरेका थिए । सरकारको गलत रवैयाका कारण आफूहरुले विरोध गर्नुपरेको विपक्षीहरुको निचोड रहेको छ । साथै विपक्षी दलहरुले कुलमान प्रकरणबारे सरकारको धारणा समेत माग गरेको छ । सरकारले जवाफ नदिएसम्म आफूहरुले निरन्तर विरोध जनाइरहने विपक्षीहरुको अडानपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगितको भएको जानकारी गराए ।

अहिले विपक्षी दलका नेताहरुसँग संघीय संसद् भवनस्थित सभामुखको कार्यकक्षमा बैठक सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?