काठमाडौं । हत्यामा संलग्न रही फरार रहेका व्यक्तिलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कागेश्वरी नगरपालिका-६ मुलपानी पाटिटार बस्ने रोल्पा परिवर्तन गाउँपालिका-३ ईरिवाङ घर भएका ५७ वर्षीय हिमाल बुढामगर रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौं मुलपानी एरियाबाट पक्राउ गरेको हो ।
उनले भक्तपुर मध्यपुर थिमी नगरपालिका-९ बोडे बस्ने ६५ वर्षीय ओम प्रकाश राईको आइतबार बिहान हत्या गरी फरार भएका थिए ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त थिमी पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया