सेन्ट्रल प्लाजा भवनमा भएको आगलागीमा फसेका १६ जनाको उद्धार, सेनाको हेलिकोप्टर पनि घटनास्थल पुग्यो

लोकपथ
1.6k
Shares

काठमाडौं । सुनसरीको इटहरीस्थित व्यापारिक भवन सेन्ट्रल प्लाजामा भइरहेको भीषण आगलागीमा फसेकामध्ये १६ जनाको उद्धार गरिएको छ । जसमा पाँच जना महिला र ११ जना पुरुष रहेका छन् । 

प्रहरीका अनुसार, हाल त्यहाँ फसेका अरू तीन जना देखिएका छन् । उनीहरूको पनि उद्धार जारी छ । 

उद्धार कार्यका लागि काठमाडौैंबाट गएको नेपाली सेनाको हेलिकप्टर पनि अहिले त्यहाँ पुगिसकेको छ । 

आज बुधबार बिहान १०ः१५ बजे सुनसरीको इटहरी उमनपा–६ स्थित सेन्ट्रल प्लाजाको चौथो तलाबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ । आगलागीको खबरपश्चात् सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनीबाट एसएसपी मनिष थापाको कमान्डमा १०५ जना, नेपाली सेना, नेपाल प्रहरी र ६ वटा दमकलसहित स्थानीय बासिन्दाहरूको सहयोगमा आगलागी नियन्त्रणमा लिने कार्य भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?