काठमाडौं । कम्युनिष्ट घटकहरुको मोर्चा समाजवादी मोर्चाले बैठक बोलाएको छ ।
आज अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको नेकपा एकीकृत समाजवादीको प्रचार विभागले जनाएको छ ।
अपरान्ह ४ बजे एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बैठक बस्नेछ ।
आजको बैठकमा आगामी चैत १५ गते विपक्षी दलहरुले व्यवस्थाको रक्षाका लागि गर्ने आन्दोलनको तयारीबारे छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया