रौतहट । भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपाल ल्याउँदै गरेको विभिन्न सामान प्रहरीले बरामद गरेको छ।
मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको गस्ती टोलीले कुल ६१ हजार मूल्यको बिरुवा तथा वनस्पतिको बिउ र नम्बर नखुलेको इलेक्ट्रिक स्कुटरको बरामद गरेको हो ।
गौर नगरपालिका-८ मा विभिन्न सवारी साधनहरू जाँच गर्ने क्रममा अवैध रूपमा चोरी पैठारी गरी ल्याइएका सामग्री नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको सामग्रीहरू आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया