काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। अधिवक्ता चन्द्रप्रकाश भुसालले केन्द्र र प्रदेश तहमा मुख्यमन्त्री तथा प्रदेश प्रमुखलाई दोहोरो सुविधा प्रदान गरी आर्थिक अनुशासन उल्लंघन भएको भन्दै बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।
रिट निवेदनमा ललितपुर, भैँसेपाटीस्थित २७ रोपनी १२ आना क्षेत्रफलमा निर्माण गरिएको सरकारी आवास र अन्य सुविधाबाट मुख्यमन्त्री तथा प्रदेश प्रमुखहरूलाई बञ्चित गर्नुपर्ने माग गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया