काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा जवाफ नदिएसम्म सदन चल्न नदिने चेतावनी दिएका छन् ।
बुधबार दिउँसो संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सो कुरा बताएका हुन् ।
‘प्रधानमन्त्रीले रोष्टममा आएर स्पष्ट जवाफ दिनुपर्छ । चित्तबुझ्दो जवाफ आए सदन चल्छ, नत्र चल्दैन’, प्रचण्डले भने ।
आज बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुले विरोध जनाएपछि बैठक स्थगित गरेर छलफललाई अघि बढाइएको थियो । विशेषतः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको बर्हिगमनलाई लिएर विपक्षीहरुले आरोप लगाएका हुन् ।
विपक्षी दलहरुले सरकारले सो विषयमा जवाफ दिनुपर्ने अडानपछि प्रतिनिधि सभा बैठक ३० मिनेटका लागि स्थगित गरिएको थियो । बिहान ११ः५३ बजे बैठक स्थगित गरिए पनि अझैसम्म बैठक सुरु हुन सकेको छैन । सत्तापक्षले कुलमान हटाउन प्रस्ताव लैजाने उर्जामन्त्री दिपक खड्काले जवाफ दिने सर्त अघि सारे पनि विपक्षीहरुले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने अडानपछि प्रतिनिधि सभा बैठक अनिश्चित बनेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया