काठमाडौं । प्रतिनिधि सभाको बैठक पुनः सुचारु भएको छ । विपक्षीहरुको विरोधपछि बिहान ११ः५५ बजे बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो ।
आधा घण्टाका लागि स्थगित बैठक ३ घण्टापछि केहीबेरअघि सुरु भएको छ । तर विपक्षी दलहरुले अवरोध कायम गरेका छन् । विपक्षीहरुले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको भन्दै विरोध जनाएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नै सो विषयमा स्पष्टीकरण दिनुपर्ने विपक्षीहरुको माग रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया