काठमाडौं । विपक्षी दलहरुको निरन्तर अवरोधपछि प्रतिनिधि सभा बैठक चैत १४ गते बिहीबार (भोलि) सम्मका लागि स्थगित भएको छ ।
आजको बैठकमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएपछि विपक्षीहरुले विरोध जनाएका थिए । बिहान ११ बजे पछि बैठक सुरु हुनेबित्तिकै विपक्षी दलहरुले उठेर विरोध जनाए ।
निरन्तर सभामुखले बैठक सञ्चालनका लागि आग्रह गर्दा पनि विपक्षीहरुले नमानेपछि ११ः५३ बजे आधा घण्टाका लागि बैठक स्थगित गरिएको थियो । तर विपक्षी दलहरु कुलमान प्रकरणमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने अडान कायमै राखेका छन् ।
३ बजेपछि बैठक सुरु भए पनि निरन्तर विपक्षीहरुको विरोध भएसँगै भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया