काठमाडौं । बिलबिजक नभएका सुनका विभिन्न गरगहनासहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटकोविदुर नगरपालिका–५ घर भई हाल काठमाडौं, कलंकी बस्ने ४१ वर्षीय दिपेश लाल चित्रकार रहेका छन् ।
मंगलबार राति ८ बजे काठमाडौं महानगरपालिका–१५, स्वयम्भू आनन्दकुटी क्षेत्रमा सुनका गरगहनाहरू बिक्री गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट नौगेडी माला -११ थान, सिङ्गल गेडी माला -७ थान क्रिस्टलसहितको माला -१३ थान, मंगलसूत्र -६ थान, टप (कानका गहना) -३ जोर बरामद गरेको छ ।
साथै औंठी -२४ थान, तिलहरी -१ थान, विभिन्न डिजाइनका क्लिप -९ थान र मोती जस्तो देखिने पत्थर जडित गहनाहरू- ४ थान बरामद गरेको छ ।
उक्त बरामदम सुनका गरगहनासहित उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया