काठमाडौं । एनआईसी एशिया बैंकले ‘ग्लोबल मनी विक २०२५’ सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको छ। वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यसहित बैंकले देशभरका सप्ताहव्यापी कार्यक्रम गरेको हो ।
नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा सञ्चालन भएको ‘ग्लोबल मनी विक २०२५’ अन्तर्गत सातै प्रदेशका विभिन्न शाखाहरूले विद्यार्थी तथा युवाहरूसँग वित्तीय ज्ञान, सीप तथा मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ ८० भन्दा बढी कार्यक्रमहरू आयोजना गरेको बैंकले जनाएको छ ।
सप्ताहव्यापी अभियानबाट देशभर ४,५०० भन्दा बढी विद्यार्थी तथा युवाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । विशेष गरी बाजुरा, रूकुम, कालिकोट, जुम्ला, जाजरकोट, दार्चुला जस्ता वित्तीय साक्षरता कम भएका जिल्लाहरूमा बैंकका शाखाहरूले सचेतना कार्यक्रम सञ्चालन गरेका थिए ।
यस अभियान अन्तर्गत एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने सामग्री निर्माण गरी प्रकाशन पनि गरेको थियो ।
यस विविध कार्यक्रम तथा प्रकाशन सामग्रीहरूले बालबालिका, विद्यार्थी तथा युवाहरूमा वित्तीय ज्ञान, जनचेतना र सीप अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याएको बैंकको विश्वास रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया