काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन बनाउन नदिनका लागि प्रतिपक्ष दलहरुले संसद अवरोध गरेको बताएका छन् ।बुधबार काठमाडौंमा युवा संघको स्वयं सेवक भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले देशमा शान्ति चाहिएको बताउँदै उपद्रो गर्ने छुट कसैलाई नरहेको बताए । प्रधानमन्त्रीले सरकारले कर्मचारी निकालेको जवाफ संसद्मा प्रधानमन्त्रीले नदिए संसद चल्न नदिने कुरा राम्रो नभएको भन्दै चित्त नबुझे अरु प्रक्रिया रहेको बताए । उनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्नु गरे ।
सरकारलाई असहयोग गर्ने, देशलाई अफ्ठ्यारोमा पार्ने कर्मचारी राखिदिनुपर्ने हो ? भन्ने उनको प्रश्न छ । देशलाई एक पाइला अघि बढ्न नदिने तत्वहरु अहिले विरोध गरिरहेको उनको आरोप छ । १८ गते भित्र अध्यादेशलाई विस्थापन गर्ने प्रतिस्थापन विधेयकहरू पारित हुनुपर्ने कुरा सबैलाई थाहा भए पनि कानुन प्रमाणीकरण हुन नदिन यस्तो गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया