काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपिएफ क्लब विजयी भएको छ । एपिएफले कोशी प्रदेशलाई पराजित गरेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रगशालामा टस जितेर ब्याटिङ रोजेको कोशीले विकेट गुमाउँदै २५४ रन बनायो । कोशीका लागि साबिक हकले ६३ बलमा ११ चौकाको सहयोगमा ६८ रन बनाए । यस्तै अङ्कित सुवेदीले ३५, आशिष भट्टराईले ३४ र सुजन थपलियाले ३३ रन बनाए ।
बलिङतर्फ एपिएफ क्लबका अभिषेक गौतम र मौसम ढकालले तीन तीन, कप्तान रोहितकुमार पौडेलले दुई तथा इरशाद अहमद र अमरसिंह रौटेलाले एक एक विकेट लिए ।
एपिएफ क्लबले २५५ रनको विजयी लक्ष्य ४४ बलमा चार ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो । एपिएफ क्लबका लागि लोकेश बमले अविजित ८४ रन बनाए । उनले ५४ बलमा ६ छक्का र ६ चौका प्रहार गरे । यस्तै रोहितकुमार पौडेलले ६१, दीपक बोहराले ३६, सन्दिप जोराले ३०, इर्शाद अहमदले अविजित १६ तथा अभिषेक गौतमले १४ रन बनाए ।
बलिङतर्फ कोशीका फिर्दोस अन्सारी र दिपेश कँडेलले तीन तीन तथा ज्ञानेन्द्र श्रेष्ठ र विपुल लुइँटेलले एक एक विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया