प्रतिपक्षीलाई प्रधानमन्त्रीको चेतावनी : ‘प्रधानमन्त्रीका सम्बन्धमा जथाभाबी नबोल्नूस्’

लोकपथ
1.3k
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका सम्बन्धमा जथाभाबी नबोल्न प्रतिपक्ष दलका नेताहरुलाई चेतावनी दिएका छन् । 

बुधवार काठमाडौंमा युवा संघको स्वयं सेवक भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रतपिक्ष दलहरुलाई यति सस्तो, हलुका र उत्ताउलो नबन्न आग्रह गरे । उनले प्रतिपक्ष दलहरुको सबै पृष्ठभूमिबारे जानकार रहेको भन्दै के गर्न हिँड्नु भएको थियो, कता हिँड्नुभएको थियो, कहाँ आइपुग्नुभयो भन्ने कुरा देखिएको टिप्पणी गरे । कोही चिहानबाट नली खुट्टाका हाड निकालेर फेरि लगाउँदै हिँड्ने गरेको र कोही आफ्ना असफलताका कुण्ठाहरू छर्ने थलो संसद्लाई बनाइरहेको भन्दै टिप्पणी गरे । यस्ता किसिमका क्रियाकलापहरु नगर्दा राम्रो हुने उनले बताए ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले लेखेको स्टाटसप्रति लक्षित गर्दै ठूलै भ्रष्टाचार गरेको जस्तो गरी एक जना कर्मचारी निकाल्दा ‘मैले सुनेको असत्य होस्’ भन्ने जस्ता शब्दहरू लेखेको देख्दा आश्चर्य लागेको बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?