सरकारको निर्णय गैरकानुनी भएको भन्दै कुलमान पुगे सर्वोच्चमा

लोकपथ
2.9k
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएपछि कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् । उनले सरकारको निर्णय गैरकानुनी भएको दाबी गर्दै पुनर्स्थापनाको मागसहित रिट निवेदन दायर गरेका छन् ।

घिसिङका प्रतिनिधिले मंगलबार बेलुकी सर्वोच्च अदालत निवेदन दर्ता गराएका हुन् ।

उनले निवेदनमा नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई विपक्षी बनाएका छन् ।

सर्वोच्च अदालतका अनुसार रिट निवेदन दर्ता भइसकेको छ, तर त्यसको अध्ययन तथा प्रक्रिया अघि बढाउने काम भोलिमात्र हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?