कान्तिपुर होलिडेजले मासिक १० हजारको किस्ताबन्दीमै जापान घुमाउने

लोकपथ
3.6k
Shares

काठमाडौं । जापान घुम्ने रहर कसलाई पो नहोला र । तर जापान घुम्न त्यति सजिलो भने छैन । पहिलो कुरा त जापान महँगो छ अनि दोस्रो कुरा जापानको भिसा पाउन पनि त्यति सहज छैन । तर तपाईँसँग बैंक मौज्दात पनि राम्रै छ र नियमित आम्दानी हुने पेसा वा व्यवसाय छ भने पछिल्लो समय जापानले सहजरूपमै पर्यटक भिसा उपलब्ध गराइरहेको छ । यस्तो अवस्थामा तपाईँले जापान घुम्ने सपना बनाइरहनुभएको छ भने काठमाडौंको लाजिम्पाटमा कार्यालय रहेको कान्तिपुर होलिडेज तपाईँका लागि सही गन्तव्य हुन सक्छ ।

किनभने कान्तिपुर होलिडेजले ५ रात ६ दिनको जापानको टोकियो र आसपास क्षेत्रका लक्जरी टुर प्याकेज सार्वजनिक गरेको छ, जहाँ मासिक १० हजारकै किस्ताबन्दीमा समेत जापान घुम्न सकिन्छ । अर्थात्, सुरुमा मात्रै १० हजार रुपैयाँ तिरेर पनि तपाईँ जापान घुमेर फर्किन सक्नुहुनेछ ।

कान्तिपुर होलिडेजले एसियाकै विकसित एवम् शक्तिशाली राष्ट्र जापानको टोकियो सहर, माउन्ट फुजी लगायतका आकर्षक पर्यटकीय गन्तव्यहरू घुमाउने गरी ५ रात ६ दिनको जापानको टुर प्याकेज २ लाख ३५ हजार रुपैयाँमा सार्वजनिक गरेको छ ।
कान्तिपुर होलिडेजका प्रबन्ध निर्देशक दामोदर ढकालका अनुसार सस्तो मूल्यमा आरामदायी र सम्झन लायक यात्रा समेत गराउने गरी टुर प्याकेज तयार पारिएको बताएका छन् । सबै खर्च एकै पटक जुटाउन नसक्ने नेपाली पर्यटकका लागि मासिक १० हजार रुपैयाँकै सरल किस्ताबन्दीमा घुमेर फर्किने सुविधा समेत उपलब्ध हुने ढकालले बताएका छन् ।

कान्तिपुर होलिडेजका अनुसार जापान भ्रमणका क्रममा थ्री स्टार होटेलमा राखिनेछ । २ लाख ३५ हजार रुपैयाँको प्याकेजमा दुई तर्फी हवाई टिकट, होटेलको कोठा र ब्रेकफास्ट, स्थानीय टुरका लागि हुने टिकट तथा यातायात खर्च, एयरपोर्टबाट पिक अप तथा ड्रप र मा हुने खर्च आदि समावेश गरिएको छ । यसमा पहिलो दिन माउन्ट फुजी क्षेत्रमा बुफे डिनरको समेत व्यवस्था गरिएको छ ।

यस्तो छ जापान घुम्ने टुर प्याकेजको आइटीनरी

पहिलो दिन : टोकियो प्रस्थान, माउन्ट फुजी क्षेत्रमा घुमघाम र बुफे डिनर

कान्तिपुर होलिडेजले तयार पारेको आइटीनरी अनुसार पहिलो दिन काठमाडौँबाट जापानको टोकियोमा अवतरण गरी त्यहाँबाट माउन्ट फुजी क्षेत्रमा लगिनेछ । त्यहाँको साइको ल्यासी नो सातो नेन्वा गाउँमा घुमघामका लागि लगिनेछ । यो गाउँ टोकियोको पुरानो गाउँ हो र जापानको संस्कृति हेर्न यो गाउँ र यहाँका संरचना आकर्षक मानिन्छन् ।

यहाँबाट माउन्ट फुजीको समेत आकर्षक दृश्य देख्न सकिन्छ र ओसिनो हक्काई तालको दृश्यावलोकन गराइनेछ । सोही साँझ बुझे डिनर गरेर पहिलो रात माउन्ट फुजी क्षेत्रमै रात बिताइनेछ ।

दोस्रो दिन : फुजीबाट टोकियो प्रस्थान

जापान भ्रमणको दोस्रो दिन बिहान होटेलमा ब्रेकफास्ट खाइसकेपछि फुजी पिस पार्कको भ्रमण हुनेछ जहाँबाट माउन्ट फुजीको आकर्षक दृश्यसमेत देख्न सकिनेछ । त्यहाँबाट टोकियोतर्फ लगिनेछ ।

टोकियो जाँदा बाटोमा पर्ने आशाकुसामा रोकिएर चर्चित सेन्सो जी मन्दिरको भ्रमण हुनेछ । त्यहीँ रहेको नाकामिसे सडकमा फोटो सेसनका लागि केही समय छुट्टाइनेछ । त्यसपछि अजुमाबाशीमा क्यानल टुर गरी ओडाइबाको भ्रमण गराइनेछ । साँझपख होटेलमा पुगेर चेक इन भइसकेपछि बाँकी समय खानपान र अन्य व्यक्तिगत घुमघाम आदिमा खर्च गर्न सकिनेछ ।

तेस्रो दिन : ट्रेनबाट टोकियो सहरको यात्रा

जापान भ्रमणको तेस्रो दिन ट्रेनबाटै टोकियो सहरको परिक्रमा गर्ने रमाइलो दिन हुनेछ । बिहान होटेलमा ब्रेकफास्ट गरेर टोकियोको स्थानीय टुरका लागि लगिनेछ ।

उक्त दिन हराजुकुमा रहेको चर्चित फेसन हब टाकेशील्टा स्ट्रिटको भ्रमण हुनेछ । त्यसपछि मेइजी जिन्गूको भ्रमण हुनेछ जसको चारैतिर हरियो जङ्गलले घेरिएको शान्त क्षेत्र हुनेछ ।

भ्रमणकै क्रममा प्रसिद्ध शिबुया क्रसिङ र हचिको स्ट्याचूमा फोटोसेसनका लागि समय उपलब्ध हुनेछ । तेस्रो दिनको भ्रमणको अन्त्यतिर उएनोको अमेयोको स्ट्रिटको भ्रमण गराइनेछ जुन सपिङका लागि चर्चित र उत्साहित क्षेत्र हो । उक्त रात टोकियोको होटेलमै बास बसिनेछ ।

चौथो दिनः कामाकुरा र एनोशिमाको यात्रा

जापान भ्रमणको चौथो दिन बिहान होटेलमा ब्रेकफास्ट गरिसकेपछि कामाकुरा र एनोशिमाको भ्रमण हुनेछ । कामाकुरामा ग्रेट बुद्धको मूर्ति तथा बुद्धसँग सम्बन्धित अन्य आकर्षक कलाकृति तथा विभिन्न सुन्दर मन्दिरहरू देख्न सकिनेछ ।

यता एनोसिमामा समुन्द्रका सुन्दर तटीय दृश्य अर्थात् बिचमा पुगिनेछ र त्यहाँको आनन्द लिन सकिनेछ । साँझ होटेल फर्किएर आराम गरिनेछ ।

पाँचौँ दिन : टोकियोमा फ्री डे

जापान भ्रमणको पाँचौँ दिन तपाईँका व्यक्तिगत काम, भेटघाट वा सपिङका लागि समय हुनेछ । बिहान होटेलमा ब्रेकफास्ट गरी टोकियो सहरमा सपिङ गर्ने वा कोही आफन्तहरू छन् भने भेटघाट गर्नसमेत सकिनेछ ।

छैटौँ दिन : नेपाल फिर्ता

जापान यात्राको छैटौँ दिन नेपाल फर्कने दिन हो । बिहान होटेलमा ब्रेकफास्ट गरेर विमानस्थलका लागि लगिनेछ । यदि तपाईँको विमानस्थल नारिता भएमा टोकियो सिटीबाट करिब एक घण्टाको समय लाग्ने र ६७ किलोमिटर टाढा रहेको नारिता एयरपोर्ट लगिनेछ । त्यहाँबाट काठमाडौँका लागि उडान भई साँझ काठमाडौँ आइपुगिनेछ ।

टुर प्याकेजमा के–के समावेश छ ?

कान्तिपुर होलिडेजले तयार पारेको जापान टुर प्याकेजमा थ्री स्टार होटेलको बास तथा ब्रेकफास्टको खर्च, दुईतर्फी हवाई टिकट, जापानको भिसा प्रोसेसिङ र भिसा शुल्क, एयरपोर्ट पिक अप तथा ड्रप शुल्क, टोकियो सिटी, माउन्ट फुजी लगायत स्थानका सिटी टुर खर्च, सिटी टुरमा लाग्ने स्थानीय टिकट आदि खर्च समावेश गरिएको छ । त्यसबाहेक भ्रमणको पहिलो दिन हुने बुफे डिनरको खर्च पनि यही प्याकेजमा समावेश गरिएको छ ।

जापान प्याकेजबारे थप विवरण यो लिंकमा रहेको भिडियोबाट हेर्नुहोस् ।

कुनै ग्राहक थ्री स्टार होटेलमा नबसी फोर वा फाइभ स्टार होटेलमा बस्न चाहेमा त्यो सुविधासमेत उपलब्ध गराउने होलिडेजले जनाएको छ । तर थ्री स्टार होटेल र फोर वा फाइभ स्टार होटेलको कोठाको मूल्यमा हुने अन्तर भने ग्राहक आफैँले बेहोर्नुपर्नेछ ।

सुरुमा कुनै शुल्क नतिरी २ वर्षको मासिक किस्ताबन्दीमा समेत घुम्न सकिने

कान्तिपुर होलिडेजले एकै पटक सबै रकम तिर्न नसक्ने पर्यटकका लागि मासिक किस्ताबन्दीमा समेत जापान घुम्ने व्यवस्था मिलाएको छ । विभिन्न बैकसँगको सहकार्यमा होलिडेजले मासिक १० हजार रुपैयाँको २४ महिने सरल किस्ताबन्दीमा समेत रकम भुक्तानी गर्ने गरी घुम्ने व्यवस्था मिलाएको जनाएको छ ।

*infomercial content

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?