बहिनीलाई जिस्क्याएको भन्दै ललितपुरमा साथीद्वारा साथीको हत्या

लोकपथ
4.7k
Shares

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–४ ओचु हाइटस्थित एक मन्दिर अगाडि बुधबार राति एक पुरुषको हत्या भएको छ । 

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार, रामेछाप घर भई ओचुहाइट बस्ने ३० वर्षीय रिपक खातीको खुकुरी प्रहारबाट हत्या भएको हो । उनको हत्या आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २५ वर्षीय सुमन रसाइलीलाई पक्राउ गरेको छ 

उनीहरू दुवै जना रामेछापकै हुन् । आफ्नी अन्दाजी १५ वर्षकी बहिनीलाई खातीले जिस्क्याउने गरेकाले हत्या गरेको रसाइलीले प्रारम्भिक बयानमा बताएका छन् । 

‘बहिनीलाई जिस्क्याएको भन्ने कारण देखिन्छ । पहिले पनि जिस्क्याएको रहेछ । त्यतिबेला पनि सम्झाइबुझाइ गरेको भनेका रहेछन्,’ एसएसपी अधिकारीले भने ।

आफूलाई फेरि जिस्क्याएको भनेर बहिनीले बुधबार सुनाएपछि  त्यसपछि उनले खातीलाई राति नै मन्दिरमा बोलाएका थिए । मन्दिरमा आएपछि उनीमाथि सुमनले खुकुरी प्रहार गरी हत्या गरेको एसएसपी अधिकारीले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?