सुनको मूल्य १३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
833
Shares

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा १ हजार ३ सय रुपैयाँ बढेको छ भने चाँदी तोलामा ३० रुपैयाँले बढेको छ ।

बुधबार प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलमा १ हजार ३ सय रुपैयाँले बढेर १ लाख ७४ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि आज बढेको छ । बुधबार प्रतितोला १ हजार ९९० रुपैयाँ रहेको चाँदी आज २ हजार २० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?