गौर । रौतहटको गरुडा नगरपालिका–१ स्थित गजेन्द्र नारायण स्मृति अस्पतालको डिप्लोमा फार्मेसी पहिलो वर्षमा अध्ययनरत एक छात्रा छात्रावासको बाथरुममा मृत फेला परेकी छन् ।
बाराको विश्रामपुर घर भएकी छात्रा सुमनकुमारी बैठा मृत फेला परेको प्रहरीले जनाएको छ ।
रौतहटका प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले झुन्डिएको अवस्थामा ती छात्रा मृत फेला परेको र ‘झुन्डिएकै हो कि के हो ?’ भन्ने विषयमा थप अनुसन्धान भइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया