शान्ति प्रक्रिया टुंग्याउने कुरामा राजनीतिक दलहरुमा विवाद छैन : प्रचण्ड

लोकपथ
175
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया टुंग्याउनुपर्ने कुरामा राजनीतिक दलहरुबीच विवाद नरहेको दाबी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालको शान्ति प्रक्रिया केही मौलिक ढंगले अघि बढेको बताए । उनले टिआरसी र ट्रान्जिसनल जस्टिससँग सम्बन्धित कुरामा पीडितहरुलाई सम्बोधन गर्ने कुरालाई उच्च प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरालाई पनि राजनीतिक नेतृत्व तहमा विवाद नरहेको बताए ।

उनले राजनीतिक नेतृत्व मूलतः पीडितलाई न्याय दिने कुरालाई प्राथमिकता दिएर मात्रै अन्ततः शान्ति प्रक्रियालाई दिगो बनाउन सकिन्छ भन्ने कुरामा स्पष्ट रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?