सभामुखद्वारा प्रमुख सचेतकहरूसँग छलफल जारी, प्रधानमन्त्रीले जवाफ दिने सूचना नरहेको जानकारी

लोकपथ
1k
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले अहिले संसद भवन नयाँ बानेश्वरमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । सभामुख घिमिरेले प्रतिनिधिसभामा जारी अवरोध खुलाउने गरी प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका हुन् । उनले नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतकहरुसँग सभामुख छलफल गरिरहेको सभामुखको सचिवालयले जनाएको छ ।

बुधबार सभाको कामकारबाही अगाडि बढ्न नसकेपछि सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् । बुधबारको प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश नै गर्न सकेको थिएन ।

बिहीबार बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्नेगरी हिजो बैठक स्थगित गरिएको थियो । 

विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेका छन् । प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडान छ । तर सभामुखको सचिवालयले भने अहिलेसम्म प्रधानमन्त्रीले जवाफ दिने सूचना नरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?