६ लाख डाउन पेमेन्टमै नामीको ईभी कार !

लोकपथ
105
Shares

काठमाडौं । नेपालमा इलेक्ट्रिक भेहिकल (ईभी) को बढ्दो मागलाई मध्यनजर गर्दै डोङफेङ नामीका आधिकारिक वितरक एमएडब्लु वृद्धीले विशेष फाइनान्सिङ अफर सार्वजनिक गरेको छ। एमएडब्लु वृद्धीले एक विशेष फाइनान्सिङ अफरका साथ ईभी खरिदलाई थप पहुँचयोग्य साथ ग्राहकहरुलाई सजिलो विकल्प प्रदान गरेको हो ।    

यो पेमेन्ट स्कीमबाट ग्राहकहरूले अब मात्र २०% डाउनपेमेन्ट गरी डोङफेङ नामीका ईभीहरू किन्न सक्नेछन् । नामी ईभी मोडेलहरूको लागि डाउनपेमेन्ट मूल्य ५.९९ लाख रुपैयाँमा तय गरिएको छ । यसले ग्राहकहरूलाई कुनै पनि क्यापिटल अपफ्रन्ट बिना पूर्ण रूपमा प्रिमियम गुणस्तरको ईभी खरिद गर्न सहज बनाउने छ ।  

यो स्कीम अन्तर्गत सरल र सजिलो खरिद प्रक्रिया पूरा गर्न नामीले ८०% सम्म फाइनान्सिङ गर्दछ । जसले गर्दा ग्राहकहरूले विश्वसनीय फाइनान्सियल पार्टनरहरू मार्फत आफ्नो गाडीको लागतको ठूलो हिस्सा फाइनान्सिङ गर्न सक्ने नामीले जनाएको छ । त्यसको साथै ४८ घण्टामा लोन अप्रुभल गरिन्छ ।  

फाइनान्सिङको यस अवसरको बारेमा थप जानकारीको लागि इच्छुक ग्राहकहरूले नजिकैको नामी शोरूम भिजिट गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?