काठमाडौं । बैंकिङ कसुर मुद्दामा पक्राउ परेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम रिहा भएका छन् । उनलाई हिजो बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।
जाहेरी दिने पक्षसँग मिलापत्र भएपछि काठमाडौं जिल्ला अदालतले आज गौतमलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
एकीकृत समाजवादीका नेता गौतम अहिले थुनामुक्त भएर काभ्रे पुगिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया