पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुंग्याउने सरकार दत्तचित्त भएर लागेको छ : प्रधानमन्त्री

लोकपथ
196
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुंग्याउने कुरामा सरकार लागिपरेको बताएका छन् । बिहीबार काठमाडौंमा अयाोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालले मौलिक किसिमले शान्ति प्रक्रिया आफैँले सुरु गरेको र आफैँले अगाडि बढाएको बताए । उनले आफूले शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन र सफल पार्न मात्रै चाहेको र त्यसको श्रेय आफूलाई नचाहिने बताए । उनले पीडितका घाउमा मलहम लगाउन र अबबाट नेपालमा अशान्ति हुँदैन भन्ने कुराको ग्यारेन्टी गर्न आवश्यक रहेको बताए ।

उनले शान्ति प्रक्रियाका बाँकी काम काँग्रेस सभापति शेरबहादुर देउवा, पुष्पकमल दाहाल र आफूबीचको समझदारीमै टुंग्याइने भन्दै समझदारी गर्न आह्वान गरे । तीन राजनीतिक दलहरुले संकल्प गर्ने हो भने धेरै समय नलाग्ने बताए ।  

आलोचनालाई स्वागत गर्छु तर समाज नबिथोल्नुहोस्

प्रधानमन्त्री ओलीले सुशासनका लागि सरकार दत्तचित्त भएर लागेको दाबी गरे । जनतालाई सन्तुष्ट बनाएर जाने बाटो राजनीतिक दलहरुले लिनुपर्ने पनि उनले बताए । उनले जनतालाई काममार्फत सन्तुष्ट बनाउनुपर्ने बताए । अशान्ति भड्काउने दिशामा नजान सबै राजनीतिक दलहरुसँग आग्रह गरे । आज अधिनायकवादी नभई लोकतान्त्रिक सरकार रहेको बताए । जनताका सुझाव सुन्नका लागि आफू सदैव तत्पर रहेको बताए ।

उनले सबैको रचनात्मक भूमिका भएमात्रै गरिबी हटाउन, देश विकास गर्न सम्भव रहेको बताए । आफूले आलोचनालाई स्वागत गर्ने पनि बताए । समाज नबिथोल्न, शान्ति प्रक्रिया नभाँड्न आग्रह गरे । शान्ति प्रक्रिया सफल बनाउन पनि आह्वान  गरे । सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि सिफारिस समिति बनेर काम सुरु गरिसकेको र दुई महिनापछि सिफारिसको आधारमा आयोग गठन हुने बताए । न्याय र परिपूरण दिने कुरामा लाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?