बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकपथ
805
Shares

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-६ बस्ने नुवाकोट ककनी गाउँपालिका-४ घर भएका ३६ वर्षीय बिराज तामाङ रहेका छन् ।

उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपलिका-१० नयाँबानेश्‍वरबाट मंगलबार पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?