पर्साको सिद्धार्थ माध्यमिक विद्यालयमा एनआईसी एशिया बैंकको सहयोगमा निर्मित पुस्तकालय भवन उद्घाटन

लोकपथ
49
Shares

काठमाडौं । एनआईसी एशिया बैंकको सहयोगमा निर्माण गरिएको पर्सा जिल्ला स्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयको पुस्तकालय भवनमा पुस्तकालय उद्घाटन भएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेको पुस्तकालय भवनहरु मध्य वीरगञ्ज महानगरपालिका-१४ मा अवस्थित यस विद्यालयको पुस्तकालय भवनको पनि उद्घाटन गरेको हो ।   

विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने तथा अध्ययन अध्यापनलाई सहज बनाउन बैंकको सहयोगमा पुस्तकालय भवन निर्माण गरी उक्त विद्यालयलाई हस्तान्तरण गरी गत मंगलबार उद्घाटन गरिएको हो ।

उक्त पुस्तकालय समुद्घाटन समारोहमा उक्त विद्यालयका प्रधानाध्यापक श्री बिनोद मेहताज्यू, यस एन आई सी एशिया बैंक मधेश प्रदेश प्रमुख ((Dcputy PAEI) अमीत केसीज्यू लगायत सम्बन्धित विद्यालय तथा यस बैंकका अन्य प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । उक्त पुस्तकालय सञ्चालनमा आएसँगै उक्त विद्यालयका झन्डै १५०० विद्यार्थी तथा शिक्षक/शिक्षिकाहरु उक्त पुस्तकालयबाट प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?