काठमाडौंमा अनलाइन जुवा खेलाउने ११ भारतीय नागरिक पक्राउ, २ अर्ब भन्दा बढीको कारोबार

लोकपथ
868
Shares

काठमाडौं । अनलाइन जुवा (सट्टाबाजी) खेल्नेर खेलाउने तथा अभौतिक मुद्राको कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका-३ देउला टोल बस्ने भारत राजस्थान प्रदेश जयपुर घर भएका २४ वर्षीय सनी मिणा  सहित ११ जना भारतीय नागरिकहरू  रहेका छन् ।

बुढानिलकण्ठ नगरपालिका(३ देउला टोलस्थित घर भाडामा लिई भारतीय नागरिकहरूले अनलाइन जुवा खेल्ने र खेलाउने कार्य गरिरहेको भन्ने सूचना प्रहरीलाई  प्राप्त भएको थियो । सोही सूचनाका आधारमा  जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मंगलबार साँझ पक्राउ गरेको हो । 

प्रहरीले उनीहरूको साथबाट मोबाइल ३४ थान, ल्यापटप ५ थान, भारतीय बैंक खाताको चेक बुक १४ थान, भारतीय एटिएम कार्ड २७ थान र भारतीय सिमकार्ड ४० थान समेत बरामद गरेको छ ।

 साथै प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूले हाल सम्म २ अर्ब भन्दा बढी रकमको कारोबार हुने गरी अनलाइन जुवा खेल्ने र खेलाउने कार्य गरेको र ९६ लाख ३३ हजार रूपैयाँ भन्दा बढी रकम अभौतिक मुद्राको कारोबार समेत गरेको खुल्न आएको छ ।

उनीहरू विरुद्ध जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?