दुर्गा प्रसाईं बने राजावादी आन्दोलनको कमान्डर, नवराज सुवेदीले नै दिए यो जिम्मेवारी

लोकपथ
5.8k
Shares
फाइल तस्बिर

काठमाडौं । नवराज सुवेदीको नेतृत्वमा बनेको राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन संयुक्त जनआन्दोलन समितिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जनकमान्डर बनाएको छ । संयुक्त जनआन्दोलन समितिले आज बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा समिति संयोजक सुवेदीले प्रसाईंलाई जनकमान्डर बनाएको जानकारी दिएका हुन् ।

प्रसाईंको नेतृत्वमा भोलि शुक्रबार राजावादीहरूले काठमाडौंमा जनप्रदर्शन गर्दै छन् । भोलि हुने जनप्रदर्शनको अपनत्व संयुक्त जनआन्दोलन समितिले लिएको संयोजक सुवेदीले बताए ।

संयोजक सुवेदीले डा. धवलशम्शेर राणाको नेतृत्वमा १ हजार १११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरिएको पनि बताए । 

राजावादीको प्रदर्शनका लागि काठमाडौं प्रशासनले तीनकुनेको स्थान छुट्याएको छ । उक्त प्रदर्शन सफल बनाउने दायित्व सम्झिएको बताउँदै सुवेदीले आन्दोलनमा सहभागी हुन अपिल समेत गरेका छन् ।

सोही दिन गणतन्त्र पक्षधरहरूले पनि काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गर्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?