महिला एशियन कप-२०२६ छनोट : नेपाल समूह एफमा

लोकपथ
924
Shares

काठमाडौं । एशियाली फुटबल महासंघ (एएफसी) महिला एशियन कप-२०२६ छनोटमा नेपाल समूह ‘एफ’मा परेको छ । महासंघले मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा आज  सार्वजनिक गरेको समूह विभाजनमा नेपाल ‘एफ’मा परेको हो ।

नेपालको समूहमा उज्बेकिस्तान, लाओस र श्रीलंका छन् । आगमी जुन महिनामा समूह ‘एफ’को छनोट खेल उज्बेकिस्तानमा हुनेछ । नेपालले आफ्नो समूहमा शीर्षस्थान हात पार्न सके पहिलो पटक एशियन कप खेल्नेछ ।

एएफसी महिला एसियन छनोटमा विभिन्न ३४ देशलाई आठ समूहमा विभाजन गरिएको छ । जसमा हरेक समूहको विजेताले अष्ट्रेलियामा हुने एसियन कप खेल्नेछन् । एशियन कप सन् २०२६ मार्चमा अष्ट्रेलियामा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?