प्रतिनिधि सभाको बैठक बस्नै सकेन, भोलि सम्मका लागि स्थगित

लोकपथ
322
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर भोलि सम्मका लागि स्थगित भएको छ । विपक्षी दलको अवरोधपछि बैठक भोलि बिहान ११ बजेसम्मको लागि स्थगित भएको हो ।

आज स्थगित भएको बैठक समयमै सुरु हुन नसकेपछि पुनः सूचना टाँस गरेर स्थगित गरिएको हो ।

बैठक सुरु भएदेखि विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले आजै बस्ने गरी एक घण्टाका लागि बैठक स्थगित गरेका थिए । हिजो पनि विपक्षीको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?