सामाजिक सञ्जाल र यसको बहुआयामिक प्रभाव

लोकपथ
1.6k
Shares

भौतिकता र कृतिमता एकअर्कामा विपरित विषयहरु हुन् । पछिल्ला वर्षहरु मान्छे भौतिकता भन्दा बढी कृतिमतामा रमाउँदैछ ।

विश्व समुदायको कुनाकुनामा पुगेको सामाजिक सञ्जालको प्रभावले मान्छेलाई एकोहोर्याएको छ । सामाजिक पुँजी निर्माण गर्न मात्र होइन, ध्वस्त गर्न यो यति शक्तिशाली हतियार बनिदियो कि, निमेषभरमै सामाजिक रुपमा कोही दानव त कोही देवःःबन्ने अवस्था सिर्जना भयो ।

विश्वमा यसको फैलावट यतिछिटो भयो कि, नेपाल जस्ता तेस्रो विश्व सञ्जाल नियमन गर्नेैपर्ने अवस्थामा राज्य पुगे ।

सन् २००० को दशकबाट सुरु भएको सामाजिक सञ्जालले पछिल्लो २५ वर्षमा नै विश्वभर व्यापकता पायो । सामाजिक सञ्जालका विभिन्न माध्यमका विकास र विस्तारको रफ्तारको व्यापकता सन् २००० को गतिसँगै तिव्र रुपमा अघि बढ्यो । विश्वमा फेसबुक (२००४), यूट्युब (२००५) टुइटर हाल एक्स (२००६), इन्स्ट्राग्राम (२०१०), टिकटक (२०१६), मेटावर्स (२०२०) प्रख्यात सामाजिक सञ्जालका रुपमा विश्वमा आफ्नो प्रभुत्व जमायो, आम मान्छेको लत बनिदियो ।

निर्माण भन्दा प्रयोगमा व्यापकता पाएको नेपाल जस्तो देश त सामाजिक सञ्जालमै भुलेको छ, सामाजिक सञ्जालमै रमाएको छ । नेपाली समाजको कुनाकुनामा सामाजिक सञ्जालमा यति पुगेको छ कि सञ्जालको दुनियामा सबैलाई भुलाइदिएको छ ।
सन् २०२३ को आँकडाअनुसार ६५ देखि ७० प्रतिशत भन्दा अझ बढी मानिसहरु प्रत्यक्ष रुपमै सामाजिक सञ्जालमा जोडिएका छन् ।

आज विश्वका प्रजातान्त्रिक मुलुकमा त जनताका जनप्रतिनिधिहरु चुनिन समेत सामाजिक सञ्जालकै भूमिका महत्वपूर्ण देखिन्छ ।

नेपालको कुरा गर्दा गत स्थानीयदेखि संघ र प्रदेशका नेतृत्वकै कुरा गरौँ । सामाजिक सञ्जाललले चिनाएका व्यक्ति अहिले विभिन्न तहमा नेतृत्वदायी भूमिकाका छन् । पछिल्ला वर्षहरुमा वैदेशिक रोजगारीमा जानेहरुको संख्या ह्वात्तै बढ्यो, तर परदेश र घरदेशको दुरी घटाउन हामीले साधारण लेखपढ गर्नै नजान्ने वर्ग समेत सामाजिक सञ्जालको पहुँचमा पुगेका छन् ।

यद्यपि ईन्टरनेट पहुँचको अभाव, कमजोर प्राविधिक साक्षरता र प्रविधि प्रयोगमा असमानताले भने यसको थप विस्तारका लागि भने चुनौती थपेको छ । सामाजिक सञ्जाल आफैँमा समाजको अभिन्न अंग बनिसकेको छ ।

यसले आफ्नो दायरा विस्तार गर्दै लगेको छ, भौतिक साक्षात्कारलाई समेत दोस्रो प्राथमिकता बनाएका सामाजिक सञ्जाल आर्थिक क्षेत्रमा समेत जबरजस्त रुपमा उपस्थिति जनाएको छ । त्यति मात्र होइन आज विश्वका प्रजातान्त्रिक मुलुकमा त जनताका जनप्रतिनिधिहरु चुनिन समेत सामाजिक सञ्जालकै भूमिका महत्वपूर्ण देखिन्छ ।

नेपालको कुरा गर्दा गत स्थानीयदेखि संघ र प्रदेशका नेतृत्वकै कुरा गरौँ । सामाजिक सञ्जाललले चिनाएका व्यक्ति अहिले विभिन्न तहमा नेतृत्वदायी भूमिकाका छन् । नेपाली समाजमा सामाजिक सञ्जालले छाडेका सामाजिक, आर्थिक तथा राजनीतिक प्रभावका बारेमा तल प्रस्तुत गरिएको छ ।

सामाजिक सञ्जालको आर्थिक–राजनीतिक प्रभाव

आयातमुखी हाम्रो जस्तो अर्थतन्त्रमा दैनिक उपभोग्य वस्तु त आयात निर्यात हुने नै भयो, त्यसको अतिरिक्त सूचना प्रविधिका लागि हार्डवेयर र सफ्टवेयरहरु समेत बाह्य बजारका भर पर्नुपर्ने अवस्था छ । यद्यपि पछिल्ला वर्षहरु भने हाम्रो अर्थतन्त्रमा आईटी प्रडक्टहरुको निर्यातमा समेत केही फड्को मार्न सकेको तथ्यांक छ । विश्वमा आर्थिक प्रभाव छाडिरहेका देशहरु अहिले इन्फरमेसन टेक्नोलोजी (आईटी) मा लगानी बढाइरहेको छन् ।

आधुनिक शिक्षा क्षेत्रको सुस्त विकास र त्यसमा पनि अनुसन्धनमुलक शिक्षामा न्यून जोडले गर्दा हाम्रो आजको पुस्ता सामाजिक सञ्जालको निर्माण भन्दा प्रयोगमा मात्र सीमित बन्न पुगिरहेको देखिन्छ ।

सामाजिक सञ्जालले आर्थिक र व्यवसायीक क्षेत्रमा पारेको प्रभाव र असरबारे थोरै कुरा गरौँ । अहिले सामाजिक सञ्जालको सबैभन्दा बढी सम्बन्ध बजारसँग जोडिन पुगेको छ । बजारका क्रेता र विक्रेताबीच सहज सम्बन्ध स्थापित हुँदा विचौलिया, दलाल, मध्यस्थकर्ताको उपस्थितिलाई स्वतः निर्मूल पार्दै लगेको देखिन्छ ।

अझ परम्परागत सटर, गोदाम, सम्पर्क कार्यालय लगायत वितरण केन्द्रहरु सामाजिक सञ्जालकै गोदाममा सीमित बन्न पुगेका छन् । कृषि उपजको प्रवर्द्धन होस् पर्यटकीय क्षेत्रको प्रचार र विकासका लागि समेत जबरजस्त आफ्नो प्रभुत्व देखाएको सामाजिक सञ्जालले पछिल्ला दिनहरुमा विश्वकै सञ्चार जगतलाई नै चुनौती सिर्जना गरिदिएको छ ।

फास्ट ट्र्याकमा सूचना चाहने वर्तमान पुस्ता ‘पेपरलेस’ युगतिर प्रवेशमा रहेको देखिन्छ । जसकारण विश्वमा नै पुराना छापाखाना, मेनस्ट्रीम भनेर चिनिएका मिडियाले आफ्नो अस्तित्व रक्षाको सर्वाधिक कठिनाई कालको सामना गर्न परिरहेको छ ।

त्यतिमात्र होइन व्यवसायीक क्षेत्रसँग प्रत्यक्ष सम्बन्धले नै आफूलाई स्थापित गर्नुपर्ने अवस्थाका सञ्चारका माध्यमहरुमा समेत सामाजिक सञ्जालकै असर देखिन्छ ।

कर्पोरेट हाउसहरु जो आफ्नो विज्ञापन छापाखाना र सञ्चार भन्दा सामाजिक सञ्जाललाई अघि सार्न थालेका छन् । आम्दानीको स्रोत स्थानान्तरण भएपछि मुलधारको मिडियाको अस्तित्व, प्रभाव र आकर्षण खुम्चिदै गएको छ ।

यता त्यति मात्र होइन आफ्नो उत्पादनको प्रवद्र्धन केन्द्र नै सामाजिक संजाल बन्दै गएपछि ग्राहकहरुको खोजी र छनोटमा समेत सञ्जालको प्रयोग हुन थालेको छ । आफ्नो व्यक्तित्व, प्रतिभा र क्षमता प्रदर्शन गर्ने र त्यसैमार्फत आम्दानी गर्ने जमात पनि संजालमै अभ्यस्त भएका छन । समग्रमा नेपालको अर्थतन्त्रको विकास र विस्तारमा सामाजिक संजालले निकै सकारात्मक प्रभाव छोड्न सफल भएको छ । यसलाइ थप शसक्त बनाउन जिम्मेवार निकायको ध्यान पुग्न भने जरुरी देखिन्छ ।

माथि पनि उल्लेख गरियो, अहिले सामाजिक सञ्जालले आर्थिक भन्दा बढी राजनीतिक क्षेत्रलाई प्रभावित परेको देखिन्छ ।

विश्वलाई गाइडेड गर्ने राजनीतिलाई नै पछिल्ला वर्ष र दिनहरुमा सामाजिक सञ्जालले गाइडेड गरिरहेको छ । नेपालका केही निर्वाचनहरुको कुरा गर्दा, सञ्जालकै पहुँच र प्रभावले कोही सत्तामा पुगे, कोही सत्ताबाट बञ्चित बने ।

सामाजिक सञ्जालका सामाजिक तथा सांस्कृतिक प्रभाव

सामाजिक सञ्जालको आर्थिक–राजनीतिक क्षेत्रमा जति प्रभाव र असर देखाएको छ, त्यो भन्दा बढी सामाजिक–सांस्कृतिक क्षेत्रमा सकारात्मक र नकारात्मक असर दुवै देखिएका छन् ।

सामाजिक सञ्जालको अचम्मको गुण छ, यसले सम्बन्धको दूरी नजिक ल्याउँछ, साथसाथै भावनाको दूरी लम्ब्इाएको छ ।
सामाजिक सञ्जालले मानवीय संवेदनालाई कमजोर बनाएको मात्र छैन, व्यक्तिभित्रको मानवीय भन्दा दानवीय गुणलाई बढी प्रोत्साहित गरिरहेको छ । सामाजिक सूचना संकलन, सामाजिक व्यक्तित्व निर्माणमा यसको भूमिका महत्वपूर्ण छ नै, त्यो भन्दा बढी सामाजिक सद्भाव भड्काउने, हत्या हिंसालाई थप प्रोत्साहित गर्ने जस्ता नकारात्मक पाटाहरु समेत देखिन थालेका छन् ।
सामाजिक संजालको अधिक प्रयोगले सर्वप्रथम व्यक्तिका बहुआयामिक अभिरुचिहरुलाई कमजोर बनाउँदै लैजान्छ ।

पछिल्लो समय सूचना प्रविधिको विकास र सामाजिक सञ्जालको अभुतपूर्व विकासले नेपालको खासगरीकन सामान्य साक्षर जमातलाई बढी प्रभाव पारेको छ । त्यो जमात जो सूचनाको पहुँचभन्दा अल्लि टाढा थियो तर एकैचोटि स्मार्टफोन र सामाजिक सञ्जालको प्रयोग गर्न पुग्दा त्यसले आफ्नो मस्तिष्कमा एकै चोटि तथ्यहिन, भ्रामक, कुन्ठा प्रेरित सामाजिक सद्भाव बिथोल्ने खालका सूचनाहरु संकलन गर्न पुग्यो

ब्यक्तिलाई एक्लोपनको स्थितिमा पुर्याइरहेको उदाहरण हामी देख्न सक्छौँ । जब मानिसहरुको भौतिक सम्बन्ध भन्दा सन्जालीय सम्बन्ध बलियो बन्दै जान्छ त्यसले विश्वसनीयता, सद्भाव, प्रेम र सहिष्णुतालाई कमजोर बनाउने गर्दछ । त्यति मात्र होइन तर्क क्षमता, समालोचना, बहुदृस्टी भन्दा कटु आलोचना र कठोरता,व्यंग्य र गालीगलौजमा मानिसहरु रमाउन थाल्दा त्यसको नकारात्मक बाछिटाहरु समाजमा देखिन थालेका छन् ।

जसले पुराना मूल्यमान्यता, प्रथा तथा परम्परा पूर्ण रुपमा भत्किने छन्, दृष्टिकोण निर्माण र भाष्य निर्माणमा हाम्रा परंरागत ज्ञानका स्रोतहरु भन्दा संजालीय सूचनाका माध्यमहरु प्रयोगमा आएका छन् । ज्ञान निर्माणको विधिमा आएको परिवर्तनले नेपालमा निकै ठूलो प्रभाव जमाइरहेको छ । पछिल्लो समय सूचना प्रविधिको विकास र सामाजिक सञ्जालको अभुतपूर्व विकासले नेपालको खासगरीकन सामान्य साक्षर जमातलाई बढी प्रभाव पारेको छ । त्यो जमात जो सूचनाको पहुँचभन्दा अल्लि टाढा थियो तर एकैचोटि स्मार्टफोन र सामाजिक सञ्जालको प्रयोग गर्न पुग्दा त्यसले आफ्नो मस्तिष्कमा एकै चोटि तथ्यहिन, भ्रामक, कुन्ठा प्रेरित सामाजिक सद्भाव बिथोल्ने खालका सूचनाहरु संकलन गर्न पुग्यो र त्यसैको आधारमा दृष्ट्रिकोण निर्माण गर्न थाल्यो यसले गर्दा नेपालको अहिलेको अवस्थामा व्यापक निराशा, अराजकता र राजनीतिक अस्थिरता निर्माण हुन पुग्यो ।

धैर्यताको संस्कृती, ठूला र सानालाई सम्मान र माया गर्ने संस्कृती, सामाजिक बन्धनप्रतिको स्नेहपूर्ण संस्कृती, सकारात्मक सोच राख्ने संस्कृती, संरक्षण तथा भण्डारण संस्कृती जस्ता अनेकन संस्कृतिका आयामहरु भत्किनेछन् र नयाँ संस्कृतिहरु, मान्यताहरु स्थापित हुँदै जानेछन् ।

जुनसुकै विषय होस त्यसले प्रारम्भमा कौतुहलता जगाउछ, मध्यकालमा प्रभाव जमाउछ र अन्तकालमा सकारात्मक तथा नकारात्मक छाप छोड्छ । सामाजिक सञ्जाल पनि आफ्नो मध्ययुगीन समय बितारहेको छ । सञ्जालीय विकासले समाजलाइ विस्तारै भड्किलो,उत्ताउलो र थप अराजकता तर्फनै डोर्याउने देखिन्छ । यसले नेपाली समाजभित्र रहेका सम्बन्धहरुको परिभाषा बदल्दै छ बाबू र छोरा,गुरु र चेला,इस्टमित्र नातागोताभित्र बाधिएको गहिरो सम्बन्धको संयन्त्रको जालो भत्किदै छ । हाम्रा दैनन्दिनका कृत्यहरु लोप हुँदै जानेछन्, सनातन परम्परामाथी विश्वास टुट्दै जानेछन् ।

समग्रमा सञ्जालीय संयन्त्रले मानव मस्तिष्कमा गहिरो प्रभाव छोड्नेछ । संस्कृती मानिसको भौतिक शरीर र मस्तिष्कको प्रयोगबाट निर्माण हुने गर्दछ । संस्कृती निर्माणको एउटा बलियो पाटो मस्तिष्क हो, त्यसको विकासमा सञ्जालीय अवयबले हाल्ने इन्धननै संस्कृती निर्माणको महत्वपूर्ण पक्ष हो । आज हाम्रो पुस्ताले सोचिरहेको, कल्पना गरिरहेको विषयनै भावी पिढिको लागि संस्कार, नियम, अनुशासन र संस्कृती बन्ने हो ।

आज हाम्रो पिढिमाथी सञ्जालीय अवयबले थुपारिदिएको सूचना प्रशोधन भएरै नै थप चेतनाको विकास हुने कुरा हो । त्यसैले समाजको आगामी गति र संस्कृती कस्तो बन्नेछ भन्ने पूर्वानुमान गर्न सहज भएको छ । धैर्यताको संस्कृती, ठूला र सानालाई सम्मान र माया गर्ने संस्कृती, सामाजिक बन्धनप्रतिको स्नेहपूर्ण संस्कृती, सकारात्मक सोच राख्ने संस्कृती, संरक्षण तथा भण्डारण संस्कृती जस्ता अनेकन संस्कृतिका आयामहरु भत्किनेछन् र नयाँ संस्कृतिहरु, मान्यताहरु स्थापित हुँदै जानेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?