सुनको मूल्यमा नयाँ रेकड, कतिमा भइरहेको छ कारोबार ? 

लोकपथ
2.2k
Shares

काठमाडौं । नेपाल बजारमा सूनको मूल्यले नयाँ रेकड बनाएको छ । सुनको मूल्य आज प्रतितोला
१ हजार ४ सय रुपैयाँ बढेर नयाँ रेकर्ड बनेको हो ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७६ हजार २ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

बिहीबार छापावाल प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेको छ । बिहीबारप्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?