काठमाडौं । समाजवादी मोर्चाले अहिले केहीबेरमा काठमाडौंमा गर्ने प्रदर्शनमा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल सहभागी नहुने भएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाल आफूलाई वक्ताको रूपमा नराखिएको भन्दै प्रदर्शन र सभामा नजाने भएका हुन् ।
बेथिति एवम् भ्रष्टाचारविरुद्ध गणतन्त्रका पक्षमा समाजवादी मोर्चाले काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा सभा गर्दै छ । आजको सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले बोल्ने कार्यसूची छ ।
त्यसअघि मोर्चा घटक दलहरूले विभिन्न ठाउँबाट जुलुसको नेतृत्व गर्नेछन् । जुलुसको अगुवाइ गर्न चार वटा पार्टीलाई विभिन्न ठाउँ निर्धारण गरिएको छ ।
एकीकृत समाजवादीको जुलुस मैतीदेवी र शान्ति वाटिकाबाट निस्कनेछ । तर खनाल ती जुलुसमा पनि सहभागी नहुने भएका छन् । आफूलाई मञ्चमा वक्ताको रूपमा नराखिएकाले जान उपयुक्त नठानेको उनले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया