काठमाडौं । निर्धारित समयअनुसार शुक्रबार बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सवा १२:३० बजेसम्म सुरु हुन सकेको छैन । बैठक ढिलो हुनुको कारण विपक्षी दलहरूको कडा अडान रहेको छ।
विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा उपस्थित भएर जवाफ दिनुपर्ने माग अघि सारेका छन् । विशेष गरी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्रीको स्पष्ट धारणा नआएसम्म सदन चल्न नदिने चेतावनी दिएका छन् ।
यता, सभामुखको सचिवालयले प्रधानमन्त्रीको तर्फबाट जवाफ दिने कुनै औपचारिक सूचना प्राप्त नभएको जनाएको छ ।
यसअघि, सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया