गणतन्त्रवादीको जुलुसमा प्रधानमन्त्री ओलीको विरोधमा र कुलमानको पक्षमा नाराबाजी

लोकपथ
2.4k
Shares

काठमाडौं । गणतन्त्रवादीको जुलुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्ष र विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा नाराबाजी भएको छ । 

समाजवादी मोर्चाको जुलुस बानेश्वरतर्फ अघि बढ्दा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरिएको हो । गणतन्त्रवादीको र्‍यालीमा सहभागी भएकाहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् ।

यस्तै, बबरमहल हुँदै अघि बढेको गणतन्त्रवादीको प्रदर्शनमा सहभागीले ‘ओली सरकार राजीनामा दे’, ‘कुलमान हटाउन पाइँदैन’, ‘गणतन्त्रविरोधी मुर्दावाद’, ‘भ्रष्ट सरकार मुर्दावाद’लगायत नारा लगाएका छन् । उनीहरूले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका घिसिङको तस्बिर अङ्कित प्लेकार्ड समेत प्रदर्शन गरेका छन् । 

काठमाडौंको प्रदर्शनीमार्गमा आज (चैत १५) आयोजित आमसभाअघि विभिन्न ठाउँबाट जुलुस निकालिएको हो । जुलुस प्रदर्शनीमार्गमा पुगेर सभामा मिसिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?