एजेन्सी । म्यानमारमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ । जसको धक्का भारतदेखि थाइल्याण्डसम्म महसुस गरिएको छ। भारतको नेसनल सेन्टर फर सिस्मोलोजीका अनुसार स्थानीय समयअनुसार बिहान ११:५० बजे ७.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
तर, यूएस जिओलोजिकल सर्वे (USGS) ले भूकम्पको तीव्रता ७.७ रहेको जनाएको छ ।
भूकम्पको केन्द्रबिन्दु म्यानमारको सागाइङ क्षेत्रभन्दा १६ किलोमिटर उत्तरपश्चिम रहेको छ भने यसको गहिराइ जमिनको सतहभन्दा १० किलोमिटर तल मापन गरिएको छ।
हालसम्म कुनै ठूलो क्षतिको विवरण प्राप्त नभए पनि भारतीय मिडियाहरूका अनुसार दिल्ली-एनसीआर क्षेत्रमा भूकम्पको झट्का महसुस गरिएको छ। थाइल्याण्डको राजधानी बैंककमा पनि भवनहरू हल्लिएको रिपोर्ट छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया