काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले सवा १ बजे बस्ने गरी सूचना टाँस भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान हटाउने निर्णयको स्पष्टीकरण नदिएसम्म बैठक चल्न नदिने विपक्षी दलहरूको अडानबिच संसद सचिवालयले सूचना टाँस गरेको हो । सभामुख देवराज घिमिरेले केही बेरअघि संसद भवन नयाँ बानेश्वरमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । तर सो छलफल पनि टुंगोमा पुग्न सकेन ।
बुधबार र बिहीबार सभाको कामकारबाही अगाडि बढ्न नसकेपछि सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । बुधबारको प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश नै गर्न सकेको थिएन भने बिहीबार बस्दै नबसी स्थगित भएको थियो ।
विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै आएका छन् । प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडान छ । तर सभामुखको सचिवालयले भने अहिलेसम्म प्रधानमन्त्रीले जवाफ दिने सूचना नरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया