काठमाडौं । रौतहटबाट विभिन्न मुद्दामा फरार रहेका २१ जना प्रतिवादीहरु प्रक्राउ परेका छन् । अदालतको फैसला कार्यान्वयन अन्तर्गत रौतहट प्रहरीले विभिन्न अपराधमा संलग्न भई फरार रहेका २१ जना प्रतिवादीलाई पक्राउ गरेको हो ।
प्रहरीले रौतहट जिल्ला अदालतबाट बिहीबार कैद तथा जरिवाना तोकिएका फरार प्रतिवादीहरूलाई खोजी तथा निगरानी गर्दै पक्राउ गरेको हो । पक्राउ परेकामध्ये कुटपिट, जालसाजी, घरेलु हिंसा, वन मुद्दा, चेक अनादर, अभद्र व्यवहार, सम्बन्ध विच्छेद, लेनदेन बिगो, सवारी ज्यान लगायतका विभिन्न अभियोगमा सजाय तोकिएका व्यक्तिहरू छन् ।
पक्राउ परेकाहरूको विवरण
शेख राज महमद, मनिरा खातुन, गनेश साह कानु, अमिरखा देवी – कुटपिट मुद्दामा पक्राउ
भोला पासवान, महमद अनुप, गणेश राय यादव, सुकदेव राय यादव – जालसाजी अभियोगमा पक्राउ
रूपेश महतो – घरेलु हिंसा अभियोगमा पक्राउ
रामअश्रे राय, शेख उल्लाह, मोनिका शेखिन – किर्ते मुद्दामा पक्राउ
ब्रहमदेव कुमार – वन मुद्दामा संलग्न
मुदसिर हुसेन सिद्दिकी, बन्दना मिश्रा – चेक अनादरको अभियोग
राम बिजय सहनी – अभद्र व्यवहार अभियोगमा पक्राउ
निलम देवी – सम्बन्ध विच्छेद सम्बन्धी मुद्दा
गणेश राय यादव – लुटपाट मुद्दामा संलग्न
मैरूदिन, छविलाल चौधरी – लेनदेन बिगो मुद्दामा संलग्न
मिर मुस्तुफा – सवारी ज्यान मुद्दामा पक्राउ
प्रहरीले पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि रौतहट जिल्ला अदालतमा पठाएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया