काठमाडौं । राजावादीहरूको प्रदर्शनका कारण तीनकुनेको स्थिति तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको छ ।
घरमा लगाइएको आगो निभाउन गएको दमकललाई समेत प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले सुरुमा अश्रुग्याँस प्रहार गरेको थियो । त्यसपछि पनि स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले हवाई फायर गरेको हो ।
प्रहरीले राजावादीहरूले बनाएको मञ्च तोडफोड गरेको छ भने प्रदर्शनकारीहरूलाई कोटेश्वर र सिनामंगलतर्फ लखेटिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया