काठमाडौं । राजावादीहरूको प्रदर्शनका कारण तीनकुनेको स्थिति तनावग्रस्त भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली प्रहार गरेको छ ।
राजावादी–प्रहरी झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । झडपका क्रममा ७ जना सशस्त्र प्रहरी घाइते भएका छन् । झडपका क्रममा घाइते भएकामध्ये ४ जनाको कान्तिपुर अस्पतालमा उपचार भइरहेको सुरक्षा स्रोतले जनाएको छ ।
आज शुक्रबार वर्तमान व्यवस्थाको विरोधमा राजावादीले गरेको प्रदर्शन हिंसात्मक बनेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया