काठमाडौं । एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा आगजनी भएको छ । राजावादी प्रदर्शनकारीहरुले आलोकनगरमा रहेको समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा आगजनी तथा तोडफोड गरेका हुन् ।
त्यस्तै, पेरिसडाँडा क्षेत्र पनि अहिले तनावग्रस्त रहेको छ । प्रदर्शनकारीहरू पेरिसडाँडामा रहेको नेकपा माओवादी केन्द्रको कार्यालयमा प्रवेशको प्रयास गरिरहेका छन् ।
सिनामंगलस्थित नागरिक उड्डययन कार्यालयमा राजावादीहरुले तोडफोड गरेका छन्। केहीसमय अगाडी तीनकुनेमा प्रहरी र राजावादीहरुको झडप भएको थियो। झडपपछि स्थिती तनावग्रस्त भएको थियो भने प्रहरीले भिड नियन्त्रणमा लिन हवाइ फायर गरेपछि आन्दोलनकारी अहिले थप उग्र बन्दै गइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया