काठमाडौं । काठमाडौंको कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै राती १० बजेसम्म कर्फ्यू जारी भएको जनाएको हो । कर्फ्यु जारी गरिएसँगै रक्षाकर्मी माइकिङ गरिरहेका छन् ।
हेर्नुहोस् सूचना :

शान्तिपूर्ण आन्दोलन गर्ने भनेपनि राजावादीहरु उग्र बन्दै आगजनी र तोडफोडमा उत्रिएका छन् । केहीसमय अगाडी तीनकुनेमा प्रहरी र राजावादीहरुको झडप भएको थियो। झडपपछि स्थिती तनावग्रस्त भएको थियो भने प्रहरीले भिड नियन्त्रण्मा लिन हवाइ फायर गरेपछि आन्दोलनकारी अहिले थप उग्र बन्दै गइरहेका छन्।
नेकपा एसको आलोकनगरस्थित कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा आन्दोलनकारीले तोडफोड गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया