गृहमन्त्रालयमा आकस्मिक बैठक जारी

लोकपथ
2.8k
Shares

काठमाडौं । राजावादी समूहको प्रदर्शनले काठमाडौंको तीनकुने लगायतका स्थानमा उग्ररुप लिएपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली हाल वार्तामा रहेका गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ ।

यसैबीच काठमाडौंको कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै राती १० बजेसम्म कर्फ्यू जारी भएको जनाएको हो । कर्फ्यु जारी गरिएसँगै रक्षाकर्मी माइकिङ गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?