काठमाडौं । ललितपुरको बालकुमारीमा प्रदर्शनकारीहरुले एक गाडीमा आगजनी गरेका छन् । तीनकुनेबाट लखेटिएका राजावादीका प्रदर्शनकारीले बालकुमारीमा पनि एक सरकारी गाडी जलाएका हुन् ।
राजावादीहरु उग्र बन्दै आगजनी र तोडफोडमा उत्रिएका छन् । केहीसमय अगाडी तीनकुनेमा प्रहरी र राजावादीहरुको झडप भएको थियो। झडपपछि स्थिती तनावग्रस्त भएको थियो भने प्रहरीले भिड नियन्त्रण्मा लिन हवाइ फायर गरेपछि आन्दोलनकारी अहिले थप उग्र बन्दै गइरहेका छन्।
काठमाडौंको कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै राती १० बजेसम्म कर्फ्यू जारी भएको जनाएको हो । कर्फ्यु जारी गरिएसँगै रक्षाकर्मी माइकिङ गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया