प्रदर्शनले उग्ररुप लिएसँगै प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

लोकपथ
5.7k
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् । राजावादीको प्रदर्शनले उग्ररुप लिएसँगै मन्त्रिपरिषद्को बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेछ ।

यसैबीच, तनावग्रस्त तीनकुने क्षेत्रमा नेपाली सेना खटिएका छन् । कर्फ्यूको आदेश पालना गराउन तीनकुने क्षेत्रमा नेपाली सेना खटिएको हो । काठमाडौंको कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै राती १० बजेसम्म कर्फ्यू जारी भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?